बुधबार, भदौ १०, २०८३

गण्डकीमा कस्तो छ कोरोनाको अवस्था ?

पोखरा– गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको अवस्था सामान्यतर्फ गइरहेको सरकारी अधिकारीहरुले बताएका छन् ।
 |  आइतबार, साउन ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ११, २०७७

पोखरा– गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको अवस्था सामान्यतर्फ गइरहेको सरकारी अधिकारीहरुले बताएका छन् ।

अहिलेसम्म प्रदेशमा १ हजार ३ सय ७२ जना कोरोना संक्रमित छन्, जसमा १ हजार २ सय ६ जना पुरुष र १ सय ६६ जना महिला छन् ।

संक्रमितमध्ये १ हजार १ सय ४८ जना निको भएर घर फर्किसकेका छन् । अहिले प्रदेशमा सक्रिय संक्रमितको संख्या २ सय २० जना मात्र छन् । त्यसैगरी अहिलेसम्म आइसोलेसनमा २०८ जना छन् भने आईसियु तथा भेन्टिलेटरमा १ जना पनि नरहेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयका अनुसार कोरोनाबाट प्रदेशमा ४ जनाको मृत्यु भइसकेको छ । जसमा बागलुङका १, स्याङ्जाका २ र गोर्खाका १ जना छन् ।

प्रदेशमा कोराना संक्रमणको अवस्था अरु जिल्लाको तुलनामा निकै सुधारोन्मुख रहेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्मा बताउँछन् ।

उनी भन्छन्, ‘कोरोनाको अवस्था गण्डकी प्रदेशमा निकै राम्रो छ । संक्रमितहरु निको हुने अवस्थामा छन् । पछिल्लो समयमा संक्रमितहरु आईसियुमा लानुपर्ने अवस्था सिर्जना भएको छैन ।’ समुदायबाट संक्रमण फैलिएमा भयावह स्थिति आउनसक्ने हुँदा समुदायमा फैलन नदिन निर्देशनालयले विभिन्न कदम चाली फैलन नदिएको निर्देशक शर्मा दावी गर्छन् ।

क्वारेन्टिन, आइसोलेसन, संक्रमितसँगको सम्पर्कमा रहेकाको पनि निरन्तर परीक्षण गरिरहेको डा. शर्माले बताए । त्यस्तै संक्रमण हुन सक्ने समुदाय स्तरमा पनि परीक्षण भैरहेको उनले जानकारी दिए ।

उनले भने, ‘सम्भावित क्षेत्र पोखराका ६ वटा तरकारी पसलहरुबाट ३२ जनाको स्याम्पल लिइसकेका छौं । त्यस्तै महानगरपालिकाका सरसफाइकर्मी, अस्पतालका स्वास्थ्यकर्मी र केही रिपोर्टरहरुको परीक्षण गरिसकेका छौं ।’

क्वारेन्टिनको अवस्था अरु प्रदेशभन्दा कम नभएको उनी दावी गर्छन् । उनी भन्छन्, ‘आइसोलेसनको अवस्था पनि धेरै राम्रो छ । सरकारले ३ वटा डेडिकेटेड अस्पताल तोके पनि हामीले ३५ वटा थपेर ३८ वटा पुर्याएका छौं । यो सबै अवस्था हेर्दा गण्डकी प्रदेशमा कोरानाको अवस्था एकदमै राम्रो छ ।’

अरु प्रदेशभन्दा गण्डकीमा कोरोनाको अवस्था हेर्दा निकै सुधार भएको डा. शर्मा दावी गर्छन् । अहिले ल्यावमा ३ वटा मेसिनबाट परीक्षणको काम भइरहेको छ भने एउटा मेशिन छिट्टै थप गर्ने तयारीमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रकाशित: Jul 26, 2020| 15:22 आइतबार, साउन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।