विराटनगर– विराटनगरमा आइतबार २२ जना कोरोना संक्रमित थपिएका छन् ।
विराटनगरमा १९ पुरुष र ३ महिलामा कोरोना रिपोर्ट पोजेटिभ आएको हो । संक्रमण देखिएका मध्ये १९ जना प्रदेश–१ प्रहरी कार्यालय विराटनगरका हुन् ।
विराटनगरमा एकै दिन ठूलो संख्यामा संक्रमित भेटिएको पहिलो पटक हो । यसअघि विराटनगरमा ४१ जनामा संक्रमण पुष्टि भएको थियो । मोरङमा संक्रमितको संख्या २ सय ४७ पुगेको छ । १७ वटा स्थानीय तह मध्ये मोरङमा ग्रामथान गाउँपालिका बाहेक अन्य १६ वटामा संक्रमण देखिएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय २२ पुगेको छ । प्रदेश १ मा आइतबार १२ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ८ महिला र ४ पुरुष डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ७ सय ४७ पुगेको छ ।