बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लेखराजलाई नैतिकता भए मन्त्री र स्थायी कमिटीबाट राजीनामा दिन दाहालको सुझाव

लेखराजलाई नैतिकता भए मन्त्री र स्थायी कमिटीबाट राजीनामा दिन दाहालको सुझाव

सत्तारुढ दल नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्रको विवाद चर्किएका बेला सुदूरपश्चिम प्रदेशका नेताहरुसँग छलफल गरेका छन्।
 |  आइतबार, साउन ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ११, २०७७

काठमाडौं- सत्तारुढ दल नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्रको विवाद चर्किएका बेला सुदूरपश्चिम प्रदेशका नेताहरुसँग छलफल गरेका छन्।

शुक्रबार आफ्नै निवासमा सुदूरपश्चिम प्रदेशका नेताहरुलाई बोलाएर दाहालले पार्टीभित्र देखिएको विवाद र समस्याका बारेमा बिफ्रिङ गरेका हुन्।

नेकपाका सुदूरपश्चिम प्रदेश कमिटीका सह–इन्चार्ज खगराज भट्ट, प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, खानेपानी मन्त्री विना मगर, शरदसिंह भण्डारी, रेणु चन्दसहितका ३० जना जति नेता–कार्यकर्तासँग दाहालले छलफल गरेका हुन्।

छलफलमा सहभागी नेता नवराज ऐरका अनुसार पार्टीभित्रको पछिल्लो विवाद, सरकारले गरिरहेको काम लगायतका बारेमा अध्यक्ष दाहालले नेता–कार्यकर्ताहरुलाई बिफ्रिङ गरेका थिए।

पार्टी एकतामा देखापरेको संकटका बारेमा बोल्दै अध्यक्ष दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीकै कारणले अहिले समस्या निम्तिएको बताएका थिए। छलफलका क्रममा अध्यक्ष दाहालले नेता लेखराज भट्ट व्यक्तिगत रुपमा नै उत्रिएर आफूविरुद्ध हिँडेको भन्दै कडा आलोचना गरेका थिए।

‘हामीले लेखराजजीलाई सबै मिलेर सम्झाउनुस् भनेर अध्यक्षले भन्लान् भन्ने सोचेका थियौँ,’ सहभागी अर्का नेताले भने, ‘तर त्यसो नभई उहाँ त निकै आक्रोशित भएर प्रस्तुत हुनुभयो।’ ती नेताका अनुसार छलफलमा दाहालले नेता भट्ट आफै टाँढिएको बताएका थिए।

‘बसेर छलफल गर्न खोजे तर उहाँले मान्नुभएन। दुई पार्टी एक भएर भागबण्डाबाटै महाधिवेशनसम्म जाने हो। उहाँ अहिले पनि पूर्व माओवादीकै कोटाबाट मन्त्री र स्थायी कमिटी सदस्य हुनुहुन्छ,’ दाहालको भनाई उधृत गर्दै उनले भने, ‘नैतिकता छ भने माओवादी कोटाबाट पाएको मन्त्री र स्थायी कमिटी सदस्य छाड्नुपर्छ। मैले नेताहरुलाई उहाँलाई भन्नुस् भनेर भनिसकेको छु।’

देशभरी पूर्व माओवादीका साथीहरुलाई निरुत्साहित पार्ने हिसाबले नेता भट्टले गतिविधि र अभिव्यक्ति दिने काम गरेको दाहालको आरोप छ। छलफलमा दाहालले पार्टी विभाजन हुनबाट जोगाउनका लागि अन्तिम प्रयास जारी रहेको भन्दै तल्लो स्तरमा हत्तोतसाहित र चिन्तित नहुन नेताहरुलाई भनेका छन्।

प्रकाशित: Jul 26, 2020| 14:45 आइतबार, साउन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।