बुधबार, भदौ १०, २०८३

विराटनगर महानगरले अत्यावश्यकबाहेक सेवा बन्द गर्ने

विराटनगर– कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलन सक्ने भन्दै विराटनगर महानगरपालिकाले अत्यावश्यकबाहेक बन्द गर्ने निर्णय गरेको छ ।
 |  आइतबार, साउन ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ११, २०७७

विराटनगर– कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलन सक्ने भन्दै विराटनगर महानगरपालिकाले अत्यावश्यकबाहेक बन्द गर्ने निर्णय गरेको छ ।

आइतबार महानगरपालिकामा बसेको उच्च स्तरीय समन्वय समितिको बैठकले समुदायस्तरमा कोरोना फैलिन नदिई रोकथाम तथा नियन्त्रण गर्न अनुगमन कार्यदलसमेत बनाएको छ ।

विराटनगर महानगरपालिकाले कार्यालयमा हुने भिडभाडका कारण भाइरस संक्रमणको दर उच्च हुने तर्फ सचेत हुँदै केही समय अत्यावश्यक सेवा बाहेक सामान्य सेवाका काम बन्द गर्ने निर्णय गरेको महानगरका प्रमुख भीम पराजुलीले बताए ।

महानगर भित्रका हरेक पसल व्यवसाय सञ्चालन गर्ने सञ्चालक र त्यहाँ काम गर्ने कामदारहरुले अनिवार्य मास्क लगाउनुपर्ने, त्यसका लागि नियमितरुपमा समितिले अनुगमन गर्ने र मास्क नलगाएको पाइएमा पहिलो पटक १० रुपैयाँ लिएर मास्क उपलव्ध गराउने निर्णय गरेको प्रमुख पराजुलीले बताए ।

विराटनगरमा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ ।

प्रकाशित: Jul 26, 2020| 13:50 आइतबार, साउन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।