काठमाडौं– मकवानपुरमा मालबाहक ट्रक दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।
पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत मनहरी–९ खरङ्गामा आइतबार बिहान ना४ख ७०४ नम्बरको ट्रक दुर्घटना हुँदा चालक २० वर्षीय राज चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मृतक राजका बाबु तथा ट्रकका चालक लक्ष्मीनारायण चौधरी घाइते भएका छन्। बाराबाट मकै लिएर चितवनतर्फ जाँदै गरेको ट्रक अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल झरेको प्रहरीले जनाएको छ।