बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाको आशंकामा प्रधान कार्यालयका चार प्रहरी अस्पताल भर्ना

कोरोनाको आशंकामा प्रधान कार्यालयका चार प्रहरी अस्पताल भर्ना

काठमाडौं– प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत चार जना प्रहरी कोरोना भाइरस संक्रमणको आशंकामा अस्पताल भर्ना भएका छन्।
 |  आइतबार, साउन ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ११, २०७७

काठमाडौं– प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत चार जना प्रहरी कोरोना भाइरस संक्रमणको आशंकामा अस्पताल भर्ना भएका छन्।

ज्वरो आउने, टाउको दुख्ने जस्ता लक्षण देखिएपछि उनीहरुलाई अस्पताल भर्ना गरेर स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको हो।

प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाहीले कोरोना भाइरससँग मिल्ने लक्षण देखिएपछि स्वाब संकलनका लागि पठाइएको बताए।

प्रहरी स्रोतका अनुसार उनीहरु चारै जनाको प्रहरी अस्पतालमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो। उक्त रिपोर्ट पुनः पुष्टि गर्न स्वाब टेकु पठाइएको हो।

देशैभर अहिलेसम्म १२० जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ। तीमध्ये १०० जना संक्रमणमुक्त भइसकेका छन्।

 

प्रकाशित: Jul 26, 2020| 13:25 आइतबार, साउन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।