बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नारायणकाजी भन्छन्– ‘हद भयो, असह्य भयो, न्याय स्थापित होस्’

नारायणकाजी भन्छन्– ‘हद भयो, असह्य भयो, न्याय स्थापित होस्’

सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले न्यायालय, सिङ्गो राज्य प्रणाली र व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको भन्दै जनआवाजलाई सम्बोधन गर्न माग गरेका छन।
 |  आइतबार, साउन ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ११, २०७७

काठमाडौं– सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले न्यायालय, सिङ्गो राज्य प्रणाली र व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको भन्दै जनआवाजलाई सम्बोधन गर्न माग गरेका छन।

‘के हुँदैछ यस्तो? न्यायालय र सिङ्गै राज्य प्रणाली र व्यवस्थामाथि नै प्रश्न उठ्ने गरी न्यायालयद्वारा निर्णय किन गरिदैछ?,’ उनले समाजिक सञ्जालमा लेखका छन, ‘बास र छाक टार्ने समस्याबाट पीडीत गरीब चेपाङ युवाको हत्या संवेदनशील सुरक्षा अङ्गबाट नै दर्दनाक ढङ्गले पिटीपिटी किन गरिन्छ र सुकुम्बासी झुप्रामा आगो किन लगाईन्छ?’

उनले रुकुम घटनालाई इंगित गर्दै भनेका छन्, ‘कथित दलित भएकै आधारमा बर्बर सामूहिक हत्या किन गरिन्छ? हदभयो, असह्य भयो। न्याय स्थापित होस् र दोषीमाथि कार्वाही होस््।’

उनले अगाडि भनेका छन्, ‘यो अवाजलाई समयमै सम्बोधन गरौं अन्यथा निराशा, आक्रोश, अनिश्चय र तरलताको परिणाम के होला? समयमै सबैले सोचौं। परिणाम सधैं सकारात्मक नै हुन्छ भन्न सकिन्न।’

राज्यका अङ्गहरुको लोकतन्त्र अनुरुप पुनर्संरचना गरी लोकतन्त्रको व्यवहारिक अभ्यास र विकास गरिनुपर्ने पनि उनले बताएका छन्।

 

प्रकाशित: Jul 26, 2020| 13:15 आइतबार, साउन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।