बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तीन नेतालाई निष्कासन गर्ने निर्णयको कांग्रेसभित्रै विरोध

तीन नेतालाई निष्कासन गर्ने निर्णयको कांग्रेसभित्रै विरोध

कांग्रेस पूर्वसहमहामन्त्री एवं पूर्वमन्त्री गोविन्दराज जोशीसहितका तीन नेतालाई पार्टीबाट निष्कासन गर्ने कांग्रेस निर्णयको पार्टीभित्र विरोध सुरु भएको छ।
 |  आइतबार, साउन ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ११, २०७७

काठमाडौं- कांग्रेस पूर्वसहमहामन्त्री एवं पूर्वमन्त्री गोविन्दराज जोशीसहितका तीन नेतालाई पार्टीबाट निष्कासन गर्ने कांग्रेस निर्णयको पार्टीभित्र विरोध सुरु भएको छ।

कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्वमन्त्री जोशीसहित पूर्वराज्यमन्त्री एवं महासमिति सदस्य पुष्करनाथ ओझा र नेपाली कांग्रेस डडेल्धुराका सचिव रामबहादुर विष्टलाई शनिबार पार्टीबाट निष्कासन गरेको थियो।

कांग्रेस नेता डा. शेखर कोइरालाले आधारहीन र मनगढन्ते तर्क अघि सारेर पार्टीबाट निष्कासन गर्नु दुर्भाग्यपूर्ण भएको बताएका छन्।

नेता कोइरालाले फेसबुकमा धारणा राख्दै निष्कासन गरिएका नेताहरुले पार्टी र लोकतन्त्रका पक्षमा बगाएको रगतपसिनाको अवमूल्यन भएको बताएका छन्।

‘एकातिर हामी अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गराउँदै छौं। अर्कोतिर आफ्नो सम्पूर्ण जीवन पार्टीमा व्यतीत गरेका वरिष्ठ नेताहरूलाई पार्टीबाट निष्कासन गर्छौं,’ उनले लेखका छन्।

उनको प्रश्न छ, ‘पार्टीको उक्त निर्णयले पार्टी र कार्यकर्तामा के सन्देश जान्छ?’

नेता डा. मिनेन्द्र रिजालले पनि कारबाहीको निर्णयले मन तरंगित भएको उल्लेख गरेका छन्। ‘हिजो पार्टीले कारबाही गर्‍या साथीहरूको नाम पढें, सजाय हेरें, आजसम्म मन तरंगित छ। बीपीहरूले निर्माण गर्नुभएको हाम्रो पार्टीले शनैः शनैः उदार लोकतान्त्रिक चरित्र गुमाउने पो हो कि भन्ने आशंकाले मन झनै गह्रुँगो भयो’, उनले ट्विटरमा लेखेका छन्।

अन्य नेताहरुले पनि उक्त निर्णयप्रति आपत्ति जनाउँदै विरोध गरेका छन्।

स्थानीय, प्रदेश र संघीय निर्वाचनको समयमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै स्पष्टीकरण सोधेको थियो। अनुशासन समितिले जारी गरेको विज्ञप्तिमा स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको उल्लेख छ।

ओझालाई निष्कासन गर्ने निर्णयले नेपाली कांग्रेस कैलालीमा पनि तीव्र असन्तुष्टि देखिएको छ। ओझा निकटका नेताकार्यकर्ताहरुले तत्काल निर्णय नसच्चाए सामूहिक राजीनामा दिने चेतावनी दिएका छन्।

२०७० सालको उपनिर्वाचनमा विजयी भएका ओझा ०७४ सालको निर्वाचनमा कैलाली ५ बाट उम्मेदवारका आकांक्षी थिए। तर, उक्त निर्वाचन क्षेत्रबाट कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणालाई उम्मेदवार बनाएपछि ओझा असन्तुष्ट बनेका थिए।

राणा नेकपा एमालेका उम्मेदवार नारदमुनि रानासँग पराजित भएकी थिइन्। निर्वाचनका समयमा राणालाई असहयोग गरेको आरोप ओझालाई लागेको थियो।

प्रकाशित: Jul 26, 2020| 12:30 आइतबार, साउन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।