बुधबार, भदौ १०, २०८३

रञ्जन कोइरालाको मुद्दा यी तीन न्यायाधीशको बेन्चमा

न्यायाधीशत्रय वमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको बेन्चले पूर्वडीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनमा सुनुवाइ गर्ने भएको छ ।
 |  आइतबार, साउन ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ११, २०७७

काठमाडौं- सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनमा आज (आइतबार) सुनुवाइ हुँदैछ ।

न्यायाधीशत्रय वमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको इजलासले मुद्दामा सुनुवाइ गर्दैछ ।

इजलासले उक्त मुद्दामा पुनरावलोकन गर्नु पर्ने ठहर गरेमा मुद्दा पूर्ण इजलासमा जानेछ भने पुनरावलोकन नगर्ने फैसला भएमा मुद्दा अघि बढ्ने छैन।

पुनरावेदन अदालतबाट पत्नी हत्यामा दोषी ठहर भइ जन्मकैदको सजाय पाएका कोइरालाको कैद सजाय सर्वोच्च अदालतले ११ वर्ष घटाइदिएको थियो । 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कोइरालालाई आठ वर्ष ६ महिनामात्रै कैद सजाय हुने फैसला सुनाएपछि कोइराला गएको बिहीबार रिहा भइसकेका छन्। 

उक्त फैसला गलत भएको दाबीसहित पुनरावलोकनको माग गर्दै महान्यायाधीवक्ताको कार्यालयले बिहीबार सर्वोच्चमा मुद्दा दर्ता गराएको थियो ।

पत्नी गीता ढकालको हत्या गरेको कसुरमा काठमाडौं जिल्ला अदालत र तत्कालीन ललितपुर पुनरावेदन अदालत (अहिले उच्च) ले कोइरालालाई सर्वस्वसहित जन्मकैद सजाय तोकेको थियो ।

प्रकाशित: Jul 26, 2020| 10:43 आइतबार, साउन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।