काठमाडौं- तिब्र गतिमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा २ लाख ५८ हजार ८ सयभन्दा धेरै संक्रमित भएका छन् । ५ हजार ७ सय १७ जनाको मृत्यु भएको छ ।
सबैभन्दा बढि संक्रमित अमेरिकामा थपिएका छन् । जहाँ ६७ हजार ४ सय १३ जनामा संक्रमण पुष्टि भएको छ भने ९ सय ८ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा ४८ हजार २ सय ३४ जना संक्रमित थपिदा १ हजार १ सय ११ जनाको मृत्यु भएको छ । भारतमा थप ४८ हजार ४ सय ७२ जनामा संक्रमण पुष्टि हुँदा ६ सय ९० जनाको मृत्यु भएको छ ।
शनिबार एकै दिनमा दक्षिण अफ्रिकामा १२ हजार २ सय ४ जना संक्रमित थपिदा ३ सय १२ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ७ हजार ५ सय ७३ जनामा संक्रमण पुष्टि हुँदा ७ सय ३७ जनाको मृत्यु भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोलम्बियामा ७ हजार २ सय ५४, रुसमा ५ हजार ८ सय ७१, अर्जेन्टिनामा ४ हजार ८ सय १४, पेरुमा ३ हजार ९ सय २३, पाकिस्तानमा २ हजार ७ सय १२, बंगलादेशमा २ हजार ५ सय २० जनामा संक्रमण पुष्टि भएको छ ।
कोरोनाबाट आइतबार बिहानसम्ममा १ करोड ५९ लाख ९६ हजारभन्दा बढिमा संक्रमित भएका छन् भने ६ लाख ४३ हजार ८ सय २१ जनाको मृत्यु भएको छ ।
संक्रमितमध्ये ९२ लाख २५ हजार ६ सयभन्दा धेरै निको भएर घर फर्किएका छन् ।