बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सर्लाहीमा माछा पाल्न खनेको पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

सर्लाहीमा माछा पाल्न खनेको पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

सर्लाहीको ईश्वरपुरमा माछा पाल्न खनेको पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।
 |  आइतबार, साउन ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ११, २०७७

सर्लाही- सर्लाहीको ईश्वरपुरमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।

स्थानीय प्रकाश महतोले माछा पालन गर्ने उद्देश्यले आफ्नो जग्गामा खन्दै गरेको पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको हो ।

ईश्वरपुर नगरपालिका–१४, गौरीशङ्कर हरकठवाका रामपृत महतोकी १३ वर्षीया छोरी अन्जली कुमारी महतो र आनन्द महतोकी १० वर्षीया छोरी आरती महतोको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ।

बाख्रा चराउन गएका बालिकाहरु शनिबार साँझ अबेरसम्म घर नर्फिएपछि गाउँले र प्रहरी मिलेर खोजी सुरु गरेका थिए। त्यसक्रममा शनिवार राती ९ः३० बजेतिर बालिकाहरुको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित: Jul 26, 2020| 08:57 आइतबार, साउन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।