बुधबार, भदौ १०, २०८३

भोलिबाट ४ दिन भारी वर्षा हुने

भोलि (सोमबार)बाट देशका अधिकांश भूभागमा फेरि वर्षा हुने भएको छ । यसपटक यसअघिको भन्दा बढि वर्षा हुने महाशाखाले अनुमान गरेको छ ।
 |  आइतबार, साउन ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ११, २०७७

काठमाडौं- भोलि (सोमबार)बाट देशका अधिकांश भूभागमा वर्षा हुने भएको छ ।

सोमबार रातिदेखि न्यून चापीय रेखा नेपाल नजिकै रहने तथा अरब सागबाट पनि जलवाष्पयुक्त हावा भित्रिने भएकाले देशका धेरैजसो स्थानमा झरी पर्ने तथा केही स्थानमा भारी वर्षा हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसपटक यसअघिको भन्दा बढि वर्षा हुने महाशाखाले अनुमान गरेको छ ।

महाशाखाले विशेष बुलेटिन जारी गर्दै साउन १२ गते (सोमबार) रातिबाट ३–४ दिनसम्म नेपालमा मनसुन सक्रिय भई देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानहरुमा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन अपिल गरेको छ ।

वर्षासँगै नदी खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेतको जोखिम भएकाले सचेत हुन महाशाखाले भनेको छ ।

महाशाखाका अनुसार आज (आइतबार) प्रदेश १ र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ।

भोलि दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: Jul 26, 2020| 08:10 आइतबार, साउन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।