बुधबार, भदौ १०, २०८३

कोरोनाबाट विदेशमा ११६ नेपालीको मृत्यु

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसबाट विदेशमा रहेका १ सय १६ नेपालीको मृत्यु भएको छ ।
 |  आइतबार, साउन ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ११, २०७७

काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसबाट विदेशमा रहेका १ सय १६ नेपालीको मृत्यु भएको छ ।

यो साता वेलायतमा थप एक जना नेपालीको मृत्यु भएसँगै मृतकको संख्या १ सय १६ पुगेको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।

समितिका अनुसार अनुसार ३६ मुलुकमा रहेका ३१ हजार १ सय ५० कुल संक्रमित मध्ये २९ हजार २ सय ४३ जना अर्थात ९३ प्रतिशत भन्दा बढी नेपालीहरु कोरोना संक्रमणमुक्त भएका छन्।

यो साता अफ्रिकी मुलुकसँगै यूएई, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि संक्रमण बढेको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।

विदेशमा अझै ९४ नेपालीको शव अलपत्र

विविध कारणले परदेशमा ज्यान गुमाएका नेपालीमध्ये अझै ९४ नेपालीको शव विदेशमै अलपत्र परेको छ । वैदेशिक रोजगारीमा गएर ज्यान गुमाएका २ सय १६ नेपालीको शव सरकारले लकडाउनपछि नेपाल ल्याएको छ ।

मलेसिया, साउदी, कतार, युएई, कुवेत, बहराइन, ओमान, दक्षिण कोरिया लगायतका देशबाट यो सातासम्म २ सय १६ वटा शव नेपाल ल्याएरपरिवारलाई बुझाइएको छ ।

विदेशमा विभिन्न कारण ज्यान गुमाएका ४ सय ७४ जनामध्ये १ सय ६५ जनाको परिवारको सहमतिमा गन्तव्य मुलुकमा अन्त्येष्टि गरिएको छ । ९४ नेपालीको शव भने नेपाल ल्याउन खोजिए पनि अझै ल्याउन नसकिएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

प्रकाशित: Jul 26, 2020| 07:29 आइतबार, साउन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।