बुधबार, भदौ १०, २०८३

‘कानुनको व्याख्यामा भद्दा मजाक स्वीकार्य छैन’

सार्वोच्च अदालतले गरेका पछिल्ला केही फैसलाविरुद्ध नागरिकले सडकमा प्रदर्शन सुरु गरेका छन्।
 |  शनिबार, साउन १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन १०, २०७७

काठमाडौं- सार्वोच्च अदालतले गरेका पछिल्ला केही फैसलाविरुद्ध नागरिकले सडकमा प्रदर्शन सुरु गरेका छन्।

न्यायालयले सच्चा न्याय प्रदान नगरी अपराधीलाई उन्मुक्ति दिने काम गरेको भन्दै नागरिकहरु प्रधानन्यायाधीशविरुद्ध सडक आन्दोलनमा उत्रिएका हुन्।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहितको इजलासले पत्नी हत्या गर्ने पूर्व डिआईजी रञ्जन कोइरालालाई कैद सजाय घटाउने गरी फैसला गरेपछि शुक्रबारबाट सडकमा विरोध प्रदर्शन सुरु भएको हो।

पत्नी हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैद भुक्तानी गरिरहेका कोइरालाको सजाय आधाभन्दा कममा झार्ने फैसला गर्ने प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउनुपर्ने माग नागरिकले गरेका छन्।

‘न्यायिक मन न्यायको चित्तको व्यवस्था, दलाली गर्ने अस्त्र होइन’ भन्दै कानुन व्यवसायी राम सिटौलाले एकल प्रदर्शन सुरु गरेका छन्।
काठमाडौंको माइतीघर मण्डलामा शनिबारदेखि सिटौलाले प्रदर्शन थालेका हुन्।

‘न्यायालय न्याय प्रदान गर्ने मन्दिर हो भ्रष्टहरुको अखडा होइन’, ‘कानुनको व्याख्यामा भद्दा मजाक स्वीकार्य छैन’, ‘सक्षमलाई प्रोत्साहन गर असक्षम अयोग्यलाई दण्डित गर’ जस्ता नारा अंकित प्लाकार्ड बोकेर सिटौला एकल प्रदर्शनमा उत्रिएका छन्।

जघन्य अपराधमा संलग्नलाई पनि उन्मुक्ति दिने प्रधानन्यायाधीशमाथि कारबाही हुनुपर्ने सिटौलाको माग छ।

न्यायालय भ्रष्टहरुको अखडा भएको आरोप लगाउँदै सिटौलाले अब पनि चुप लागेर बस्न नहुने बताए।

‘न्यायमूर्तिहरु नै पैसामा बिक्न थालेपछि न्याय मर्न थालेको छ’ सिटौलाले भने, ‘पुस्तौँ पुस्ताले यस्तो दुर्दशा सहँदै आए अब सहनु हुँदैन।’
यस्तै शुक्रबार स्वतन्त्र राष्ट्रिय अभियान नेपालको पहलमा माइतीघर मण्डलामा प्रदर्शन भएको थियो।

प्रदर्शनमा सहभागीहरुले ‘अदालतको चोला फेर्न चोलेन्द्रलाई महाअभियोग’, ‘भागबण्डाको गोटीले, उन्मुक्ति पाए भेटीले’ जस्ता नारा लेखिएका प्लाकार्ड बोकेका थिए।

प्रधानन्यायाधीश जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइरालालाई साढे आठ वर्ष कैद बसे हुने फैसला गरेपछि कोइराला बुधबार जेल मुक्त भएका छन्।

कोइरालाले २०६८ पुस २७ गते पत्नी गीता ढकालको बुढानिलकण्ठमा हत्या गरी शव मकवानपुरको जंगलमा लगेर जलाएका थिए।

काठमाडौं जिल्ला अदालत र तत्कालीन पुनरावेदन अदालत पाटनले काइरालालाई सर्वस्वसहित जन्मकदैको सजाय तोकेका थिए।

प्रकाशित: Jul 25, 2020| 14:45 शनिबार, साउन १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।