बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गजेन्द्रनारायण सिंह अस्पतालको इमर्जेन्सी वार्ड सिल

गजेन्द्रनारायण सिंह अस्पतालको इमर्जेन्सी वार्ड सिल

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको इमर्जेन्सी वार्ड शुक्रबार राति १२ बजेपछि सिल गरिएको छ ।
 |  शनिबार, साउन १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन १०, २०७७

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको इमर्जेन्सी वार्ड शुक्रबार राति १२ बजेपछि सिल गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियाँलाल यादवका अनुसार अस्पतालमा उपचाररत एक जना बिरामीमा कोरोना सङ्क्रमण देखिएपछि उक्त अस्पतालका इमर्जेन्सी वार्डलाई सिल गर्ने निर्णय गरिएको हो ।

इमर्जेन्सी वार्डमा उपचाररत जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका–२ का ४८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण देखिएपछि यस्तो निर्णय गरिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख यादवले बताए ।

विषादी सेवनका कारण करिब तीन दिनदेखि इमर्जेन्सीमा उपचार गराइ रहेका पुरुषको उपचारमा धेरै चिकित्सक र स्वास्थ्यकर्मी संलग्न भएको पाइएको प्रमुख यादवले जानकारी दिए ।

यसअघि पनि गजेन्द्रनारायण सिंह अस्पतालमा एक जना नर्स र एक जना स्वीपरमा कोरोनाको सङ्क्रमण भेटिएको थियो । त्यसपछि अस्पतालका चिकित्सक र कर्मचारीसहित कूल १७६ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि विराटनगरस्थित कोशी अस्पताल पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

 

प्रकाशित: Jul 25, 2020| 05:32 शनिबार, साउन १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।