बुधबार, भदौ १०, २०८३

वीरगन्जमा मृत्यु भएकी युवतीमा कोरोना पुष्टि

वीरगन्जको कोरोना विशेष अस्पतालमा मृत्यु भएकी युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
 |  शुक्रबार, साउन ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ९, २०७७

काठमाडौं- वीरगन्जको कोरोना विशेष अस्पतालमा मृत्यु भएकी युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

मृतक बारा, परवानीपुर गाउँपालिका–४ घर भएकी १७ वर्षीया युवतीको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो।

नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. मदन उपाध्यायले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४५ पुगेको छ।

बुधबार नारायणी अस्पतालमा भर्ना भएकी उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि वीरगन्ज हेल्थ केयर अस्पताल लगिएको थियो।

त्यहाँको आकस्मिक कक्षमा भर्ना गर्दा अवस्था गम्भीर देखिएपछि उनको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरिएको थियो।

आरडीटी एन्टीबडी पोजेटिभ देखिएपछि कोरोना संक्रमणको आशंकामा बिहीबार गण्डक कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएकोमा शुक्रबार अपरान्ह मृत्यु भएको हो।

प्रकाशित: Jul 24, 2020| 20:41 शुक्रबार, साउन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।