बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • साढे ५ लाख रुपैयाँसहित डिएफओ र उनकी श्रीमती अख्तियारको नियन्त्रणमा

साढे ५ लाख रुपैयाँसहित डिएफओ र उनकी श्रीमती अख्तियारको नियन्त्रणमा

डिभिजन वन कार्यालय सुनसरीमा कार्यरत डिभिजन प्रमुख रामबाबु साह र उनकी श्रीमती किरण साहलाई स्रोत नखुलेको ५ लाख ५३ हजार रुपैयाँसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।
 |  शुक्रबार, साउन ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ९, २०७७

काठमाडौं- डिभिजन वन कार्यालय सुनसरीमा कार्यरत डिभिजन प्रमुख रामबाबु साह र उनकी श्रीमती किरण साहलाई स्रोत नखुलेको ५ लाख ५३ हजार रुपैयाँसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।

साहले घुस बापतको अवैध रकम लिई रौतहटतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

कार्यालयकै बा.२ झ. ४१० नम्बरको सवारी साधनमा लुकाएर राखेको अवस्थामा कोशी गाउँपालिका- ८ सुनसरीबाट उनीहरुलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।

उनीहरुका सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रकाशित: Jul 24, 2020| 20:35 शुक्रबार, साउन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।