किया मोटर्स कर्पोरेशनको पूर्ण स्वामित्वको भगिनी संस्था किया मोटर इन्डियाले बिहीबार नयाँ किया सोनेट कम्प्याक्ट एसयूभीको पहिलो तस्बिर सार्वजनिक गरेको छ । सोनेटको अवधारणा पहिलोपटक २०२० दिल्ली अटो एक्स्पोमा सार्वजनिक गरिएको थियो ।
सोनेट भारतमा कियाद्वारा निर्मित दोस्रो कार हो । यसअघि कियाले भारतमा सेल्टोस उत्पादन गरेको थियो । नयाँ मोडलले विश्वभरका ग्राहकलाई आकर्षित गर्ने र छिट्टै यसको ग्लोबल प्रिमियर हुने बताइएको छ । त्यसपछि आगामी पर्वको छेकोमा भारतमा सोनेट सार्वजनिक गर्ने कार्यक्रम छ । किया सोनेट प्रविधिसँग जानकार, आकांक्षी र सामाजिक रुपमा जोडिएका युवा पुस्ता लक्षित कार हो ।
द पावर टू सरप्राइज ब्राण्ड स्लोगनका साथ किया मोटर इन्डिया सेल्टोसको हालसालै गरिएको सार्वजनिकीकरण र कार्निभलमा देखिएको अतुलनीय स्वामित्व अनुभव प्रस्तुत गर्दै ग्राहकको अतृप्त आवश्यकता र चाहना पहिचान एवं परिपूर्तिका लागि प्रयासरत छ । लन्च हुँदा सोनेट चित्ताकर्षक डिजाइनका कारणले मात्र नभएर अति उत्तम निर्माण गुणस्तर, यो वर्गको नेतृत्वदायी विशेषता, कनेक्टिभिटीको नविनता, पावरट्रेनको छनोट र बृहत् सुरक्षा उपकरणका कारण प्रख्यात हुनेछ ।
किया मोटर्स युवा मनका लागि विश्वस्तरीय बाहन निर्माता हो । सन् १९४४ मा स्थापित कियाले अहिले वार्षिक ३० लाख गाडी विश्वका १९० मुलुकमा बिक्री गर्छ । संसारभर ५२ हजारलाई रोजगारी दिएको कियाको वार्षिक रेभेन्यू ५० अर्ब अमेरिकी डलर छ भने ६ वटा मुलुकमा यसका उत्पादन प्लान्ट छन् ।
किया अब विस्तारै विद्युतीय बाहन उत्पादनतर्फ जाँदै गरेको कम्पनी हो, जसले विश्वभरको सहरी सहरी मोबिलिटी सेवाका चुनौती सामना गर्न मद्दत गर्नेछ । द पावर टू सर्प्राइज भन्ने कियाको ब्राण्ड स्लोगनले अपेक्षाभन्दा परको प्रचलित र प्रभावशाली अनुभवबाट विश्वलाई चकित पार्ने यसको विश्वव्यापी प्रतिबद्धताको प्रतिनिधित्व गर्छ ।