बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘म नै राज्य हुँ भन्ने अहंकार लिने हो भने पतन निश्चित छ’

‘म नै राज्य हुँ भन्ने अहंकार लिने हो भने पतन निश्चित छ’

नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव नेपालले कुनै पनि व्यक्तिले म नै राज्य हुँ भन्ने अहंकार लिने हो भने त्यस्तो व्यक्तिको पतन निश्चित रहेको बताएका छन्।
 |  शुक्रबार, साउन ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ९, २०७७

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव नेपालले कुनै पनि व्यक्तिले म नै राज्य हुँ भन्ने अहंकार लिने हो भने त्यस्तो व्यक्तिको पतन निश्चित रहेको बताएका छन्।

शुक्रबार एक कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित आफ्नो भनाइमा नेता नेपालले कसैले अरुको औचित्य नै नदेख्ने, आफूबाहेक अरु कसैलाई स्वीकार नगर्ने र म नै राज्य हुँ भन्ने अहंकार लिने हो भने त्यस्तो व्यक्ति वा त्यस्तो प्रवृत्तिको पतन निश्चित रहेको बताए।

कार्यक्रममा नेपालले कम्युनिष्ट पार्टी नफुट्ने दृढता व्यक्त गरे। उनले भने, ‘यदि कसैले पार्टी फुटाउँछु भनेर लाग्छ भने पार्टी कुनै पनि हालतमा फुट्दैन बरु त्यस्तो व्यक्ति चोइटिएर जान सक्छ।’

नेपालले नेकपाभित्रको विवाद समाधानका लागि हरतरहका प्रयासहरु भइरहेको स्मरण गर्दै कुनै पनि हालतमा पार्टी नफुट्ने दाबी गरे।

उनले विधिको पालन गरे मात्रै संगठनलाई राम्रोसँग सूचारु सकिने बताए।

उनले सामूहिक निर्णयको आधारमा निर्णय गर्ने र सबैले त्यसको पालना गर्ने हो भने पार्टी जीवन्त हुने बताए।

उनले पार्टीको सामूहिक निर्णयको विधि कसैले मान्दिन भन्न नपाउनेसमेत बताए।

प्रकाशित: Jul 24, 2020| 18:50 शुक्रबार, साउन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।