बुधबार, भदौ १०, २०८३

वीरगन्जमा निषेधाज्ञा लगाएर मास टेस्टिङ गरिँदै

पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा समुदायमा कोरोना भाइरसको संक्रमण फैलिएको आशंकापछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ।
 |  शुक्रबार, साउन ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ९, २०७७

पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा समुदायमा कोरोना भाइरसको संक्रमण फैलिएको आशंकापछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ।

आज दिउँसो बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले भोलि शनिबारदेखि लागू हुने गरी अनिश्चितकालिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।

‘समुदायमा संक्रमण फैलिएको हो कि भन्ने आशंकामा निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ,’ उनले भने, ‘समुदायस्तरमा मास परीक्षण गरेपछि मात्रै यकिन जानकारी हुन्छ।’

उनले भोलिदेखि नै मुख्य–मुख्य घना बस्ती भएको ठाउँमा गएर मास टेस्टिङ गरिने बताए। ‘मानिसहरुको घुलमिलसमेत हुन नदिन र मास टेस्टिङ गर्न निषेधाज्ञा जारी गरिएको हो,’ उनले भने, ‘त्यसको परीक्षण रिपोर्ट के आउँछ, त्यसकै आधारमा समुदायको कुन कुन क्षेत्रमा परीक्षण गर्ने भन्ने निर्णय हुन्छ।’

ट्राभल हिस्ट्री नै नभएका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण देखा पर्नु, संक्रमितहरुमा लक्षण देखिनु र संक्रमित व्यक्तिहरुमा अन्य कुनै स्वास्थ्य समस्या नै नभएर मृत्यु हुन थालेपछि समुदायमा फैलिएको आशंका गरिएको बस्नेतले जानकारी दिए।

उनका अनुसार नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा रहेका केही बिरामीहरुको स्वास्थ्य अवस्था पनि जटिल देखिएको छ। वीरगन्जमा आजसमेत गरेर कोरोना भाइरसको संक्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ।

संक्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम भोलि बिहान ५ बजेदेखि लागू हुने गरेर अर्काे आदेश जारी नभएसम्मका लागि वीरगन्ज महानगरपालिका क्षेत्रभर निषेधाज्ञा जारी भएको हो।

अत्यावश्यक औषधी उपचारबाहेक अन्य कामले मानिसहरुलाई आवतजावतमा पूर्ण रोक लगाइने छ।

सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतका अनुसार शान्तिसुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दूध, विद्युत्, दमकल, सञ्चार, भन्सार, क्वारेन्टिन, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधी जस्ता अत्यावश्यक सवारीसाधन मात्रै सञ्चालन गर्न पाइने छ।

भोलिदेखि नै बजार, व्यवसाय, कलकारखाना, उद्योगधन्दा सबै पूर्ण रुपमा बन्द रहने छन्। सार्वजनिक र निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय भारतसँग सीमा जोडिएको क्षेत्रमा पनि विशेष कडाइ गर्ने भएको छ।

प्रकाशित: Jul 24, 2020| 17:38 शुक्रबार, साउन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।