बुधबार, भदौ १०, २०८३

१९ लाख हुण्डी गर्न लागिएको रकमसहित एक जना पक्राउ

काठमाडौं– महानगरीय अपराध महाशाखाको टोलीले १९ लाख ९१ हजार रुपैयाँ सहित एकजना हुण्डी कारोवार गर्ने व्यक्तिलाई आज पक्राउ गरेको छ।
 |  शुक्रबार, साउन ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ९, २०७७

काठमाडौं– महानगरीय अपराध महाशाखाको टोलीले १९ लाख ९१ हजार रुपैयाँ सहित एकजना हुण्डी कारोवार गर्ने व्यक्तिलाई आज पक्राउ गरेको छ।

उपत्यकाभित्र गैरकानुनी तरिकाले हुण्डीको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा अपराध महाशाखाको टोलीले काठमाडौंको विशाल बजारबाट पक्राउ गरेको हो।

महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीका अनुसार पक्राउ पर्नेमा स्याङ्जा घर भई हाल काठमाडौं सामाखुशी बस्ने ४० वर्षीय ढुण्डीराज न्यौपाने रहेका छन्। उनी न्यूरोडस्थित कपडा व्यापारी रहेको प्रहरीले जनाएको छ।

शंकास्पद रुपमा हिँडिरहेका उनलाई खानतलासी गर्ने क्रममा कालो रंगको झोलाभित्र गैर कानुनी रुपमा हुण्डीको कारोवार गर्न लगिरहेको रकम फेला परेको हो। उनले भाइबर मार्फत् हुण्डीको कारोवार गरिरहेको अनुसन्धानबाट खुलेको महाशाखाले जनाएको छ।

पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान तथा कारावाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोकको जिम्मा लगाइने प्रहरीले जनाएको छ।

 

प्रकाशित: Jul 24, 2020| 16:51 शुक्रबार, साउन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।