बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाका सक्रिय संक्रमित ३० प्रतिशत, कुन प्रदेशमा कति?

कोरोनाका सक्रिय संक्रमित ३० प्रतिशत, कुन प्रदेशमा कति?

शुक्रबारसम्म १२ हजार ९४७ जना कोरोनामुक्त भएका छन्।
 |  शुक्रबार, साउन ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ९, २०७७

काठमाडौं– शुक्रबारसम्म १२ हजार ९४७ जना कोरोनामुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो कुल संक्रमितको ७०.४ प्रतिशत हो।

सक्रिय संक्रमितको संख्या पाँच हजार ३८३ रहेको छ। यो कुल संक्रमितको २९.६ प्रतिशत हो।

प्रदेश १ मा १४६ जना, प्रदेश २ मा एक हजार ९०१ र बागमती प्रदेशमा ४३९ जना सक्रिय संक्रमित छन्। यस्तै गण्डकीमा ३३१ जना, प्रदेश ५ मा ३५४ जना, कर्णालीमा ३१५ जना र सुदूरपश्चिममा एक हजार ८९७ जना सक्रिय संक्रमित छन्।

शुक्रबारसम्म प्रदेश १ बाट ७७२ जना, प्रदेश २ जना दुई हजार ८८०, बागमतीबाट ४५८ जना संक्रमणमुक्त भएका छन्।

संक्रमणमुक्त हुनेमा गण्डकी प्रदेशका एक हजार १०२ जना, प्रदेश ५ का तीन हजार ८७० जना, कर्णाली प्रदेशका एक हजार ५८३ जना र सुदूरपश्चिम प्रदेशबाट दुई हजार २८२ जना छन्। नेपालमा शुक्रबारसम्म १८ हजार ३७४ जना कोरोना भाइरस संक्रमित भएका छन्।

रौतहट, बाजुरा र केैलालीमा पाँच सयभन्दा बढी संक्रमित छन् भने पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मुस्ताङ र मनाङ संक्रमणमुक्त भएका छन्। कोरोना भाइरस संक्रमणबाट ४४ जनाको मृत्यु भएको छ।

प्रकाशित: Jul 24, 2020| 16:46 शुक्रबार, साउन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।