विराटनगर– प्रदेश १ मा शुक्रबार ३३ जना कोरोना संक्रमित थपिएका छन् ।
झापामा २५, सुनसरीमा ६, मोरङ र धनकुटामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
झापाको काँकडभिट्टामा १७ पुरुष, १ महिला, बाह्रदशी र झापा गाउँपालिकामा ३–३ पुरुष र विर्तामोडमा १ पुरुष, सुनसरीको रामधुनीमा ३, इटहरीमा २ र धरानमा १ जना पुरुष, मोरंगको विराटनगरमा १ पुरुष र धनकुटाको महालक्ष्मीमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताए । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ सय ८१ पुगेको छ ।
प्रदेश १ मा शुक्रबार १२ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट १२ पुरुष डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ७ सय ३५ पुगेको छ । प्रदेश १ मा शुक्रबार ५ सय ३६ जनाको पीसीआर परीक्षण गरिएको छ ।
प्रदेश १ मा शुक्रबार सम्म ३८ हजार ६ सय ७१ ज्नाको परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।