बुधबार, भदौ १०, २०८३

लकडाउन खुलेपछि नागरिक जीवन थप जोखिममा : कांग्रेस

नेपाली कांग्रेसले लकडाउन खुलेपछि कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै नागरिक जीवन थप असुरक्षित भएको ठहर गरेको छ।
 |  शुक्रबार, साउन ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ९, २०७७

काठमाडौं– नेपाली कांग्रेसले लकडाउन खुलेपछि कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै नागरिक जीवन थप असुरक्षित भएको ठहर गरेको छ।

कांग्रेसको कोभिड–१९ अनुगमन समितिले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारले लकडाउनको अवधिलाई महामारी नियन्त्रण र यसपछि जनजीवन सुचारु गर्ने तर्फ पर्याप्त ध्यान नदिएको आरोप लगाएको छ।

विज्ञप्तिमा उल्लेख छ, ‘अहिले लकडाउन खोल्दा पनि सरकारले तदर्थवादी र अनुत्तरदायी व्यवहार प्रदर्शन गरेको छ।’

कांग्रेसले आमनेपालीलाई संक्रमण जोखिमप्रति सचेत भई भौतिक दूरी र मास्क लगायतका स्वास्थ्य सुरक्षाका उपायलाई आफू पनि अपनाउने र अरुलाई पनि अपनाउन प्रेरित गर्न अनुरोध गरेको छ।

कांग्रेसले लकडाउन अवधि विना तयारी र विना उपलब्धि नै सरकारले सकाएको आरोप लगाउँदै लकडाउन खोल्दा पनि बढ्न सक्ने संक्रमणप्रति सरकारको तयारी शून्य देखिएको ठहर गरेको छ।

समिति संयोजक डा. प्रकाशशरण महतद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘लकडाउन खोल्ने निर्णय गरी राख्दा सार्वजनिक स्थल, होटल, रेस्टुरेन्ट, कार्यालय, कलकारखाना व्यवसाय, शैक्षिक संस्थाहरु, सार्वजनिक यातायातमा अपनाउनुपर्ने सुरक्षा प्रोटोकल र कार्यान्वयन गर्ने तयारीका बारेमा सरकार मौन छ।’

सरकारको लकडाउन खोल्ने निर्णय पूर्वतयारीका साथ गरेको नभएर राजस्व बढाउने तथा राज्यले निर्वाह गर्नुपर्ने दायित्वबाट पन्छिने उद्देश्यबाट मात्र प्रेरित भएको कांग्रेसले जनाएको छ।

संक्रमणको क्रम नघटेको, वीरगन्ज, राजविराज लगायतका ठाँउमा देखिएको संक्रमणको प्रकृतिले, संक्रमण समुदायमा फैलिन सक्ने देखिएको कांग्रेसको विज्ञप्तिमा उल्लेख छ।

‘यस्तो अवस्थामा परिक्षण, ट्रेसिङ, उपचार, स्वास्थ्य उपकरण, जनशक्ति र स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षा र सुविधा प्रति सरकारको तयारी अत्यन्त निराशाजनक छ’, कांग्रेसले भनेको छ।

लकडाउन खोलेपछि उद्योगधन्दा, व्यापार व्यवसाय, सार्वजनिक यातायात, शैक्षिक संस्थाहरुमा अपनाउनु पर्ने स्वास्थ्य सुरक्षा र सावधानीका उपाय पीपीई (मास्क, स्यानिटाइजर, सावुन पानी लगायत) को प्रयोग र भौतिक दुरी कायम गराउने कार्ययोजना र कार्यान्वयन तयारी तर्फ सरकार गम्भीर नदेखिएको विज्ञप्तिमा उल्लेख छ।

यस्तै क्वारेन्टाइन केन्द्रहरुलाई मापदण्डअनुरुप सञ्चालन गर्ने र परीक्षण दायरा फराकिलो पार्नुपर्ने आवश्यकतालाई सरकारले गम्भीरताका साथ नलिएको आरोप कांग्रेसको छ।

विज्ञप्तिमा भनिएको छ, ‘परीक्षणको दायरा घटाएर संक्रमणको जोखिम कम भएको भ्रामक प्रचार गरिरहेको छ।’

सरकारले साना, मझौला र अनौपचारिक क्षेत्रका व्यवसायमा कोभिड–१९ ले सिर्जना गरेका समस्या समाधानमा केही नीतिगत घोषणा बाहेक बन्द उद्योग व्यवसायलाई सहज रुपमा खुलाउन कुनै सार्थक पहल नगरेको आरोप कांग्रेसको छ।

विज्ञप्तिमा भनिएको छ, ‘अहिलेकै जस्तो अव्यवस्थित र पर्याप्त स्वास्थ्य सुरक्षा सावधानीबिनै उद्योग व्यवसाय सञ्चालन गर्दा थपिने संक्रमण र नागरिक जीवनमाथि आइपर्ने जोखिम सम्बोधन गर्नेतर्पm सरकारको पटक्कै ध्यान गएको छैन।’

यस्तै लकडाउन खोल्ने निर्णय गरेपछि आमनागरिकलाई संक्रमणको खतरा तर्फ सचेत गर्न आवश्यक सचेतना अभियान चलाउने र कार्यान्वयन सुनिश्चितता तर्फ सरकारले गम्भीर गृहकार्य गरेको नदेखिएको कांग्रेसको ठहर छ।

कांग्रेसले भनेको छ, ‘हामी यसप्रति सम्पूर्ण तयारी गर्न र असंवेदनशील र हचुवाशैलीमा काम नगर्न सरकारलाई खबरदारी गर्दछौं।’

प्रकाशित: Jul 24, 2020| 16:22 शुक्रबार, साउन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।