बुधबार, भदौ १०, २०८३

आज १३३ संक्रमित थप, १०७ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शुक्रबार, साउन ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ९, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

३ हजार ९८७ जनाको पीसीआर नमुना परीक्षण गरिएकोमा १३३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सहित नेपालमा कोरोना पुष्टि हुनेको जम्मा संख्या १८ हजार ३७४ पुगेको छ।

मन्त्रालयका अनुसार हाल नेपालमा जम्मा सक्रिय संक्रमितको संख्या ५ हजार ३८३ रहेको छ भने हाल क्वारेन्टिनमा रहेका व्यक्तिको संख्या १९ हजार ४४४ छ।

पछिल्लो २४ घण्टामा १०७ जना डिस्चार्ज भएका छन्। हालसम्म १२ हजार ९४७ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

प्रकाशित: Jul 24, 2020| 16:23 शुक्रबार, साउन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।