बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • उद्योग वाणिज्य महासंघको निर्णयमा ‘नोट अफ डिसेन्ट’ किन ?

उद्योग वाणिज्य महासंघको निर्णयमा ‘नोट अफ डिसेन्ट’ किन ?

नेपाल उद्योग वाणिज्य महासंघले आगामी साउन २६ र २७ गते गर्ने भनिएको निर्वाचनसहितको साधारणसभा स्थगित भए पनि ५० प्रतिशत पदाधिकारीले ‘नोट अफ डिसेन्ट’ लेखेका छन्।
 |  शुक्रबार, साउन ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ९, २०७७

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले आगामी साउन २६ र २७ गते गर्ने भनिएको निर्वाचनसहितको साधारणसभा स्थगित भए पनि ५० प्रतिशत पदाधिकारीले ‘नोट अफ डिसेन्ट’ लेखेका छन्।

बिहीबार बसेको महासंघको केन्द्रीय कार्यसमिति बैठकले सरकारले सभा सम्मेलन गर्न रोक लगाएको भन्दै चुनाव स्थगित गर्ने निर्णय गरेको थियो। सो निर्णयविरुद्ध एसोसिएट उपाध्यक्ष चन्द्र ढकालको प्यानलले ‘नोट अफ डिसेन्ट’ लेखेको हो।

महासंघले सरकारले सभा सम्मेलन गर्नका लागि खुल्ला गरेको १५ दिनभित्रमा निर्वाचनसहितको साधारणसभा गर्ने निर्णय गरेको थियो।

साधारणसभा रोक्ने विषयमा गरिएको निर्णय बिहीबार नै एसोसिएट उपाध्यक्ष चन्द्र ढकाल, बस्तुगत उमेशलाल श्रेष्ठ र कोषाध्यक्ष निरक केसी र विशिष्ट सदस्य चन्डीराज ढकालले असहमति जनाएका थिए। उनीहरुले शुक्रबार बसेको पदाधिकारी बैठकमा ‘नोट अफ डिसेन्ट’ लेखेका हुन्।

तर शुक्रबार बिहान बसेको पदाधिकारी बैठकमा चुनाव सार्ने कुरा कानुनविपरीत भएको भन्दै ५० प्रतिशत पदाधिकारीले ‘नोट अफ डिसेन्ट’ लेखेका हुन्। उनीहरुले संस्थापन पक्षले एकलौटी ढंगबाट आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर चुनावको मिति सारेको भन्दै उपाध्यक्ष चन्द्र ढकाल र उनको टिमले ‘नोट अफ डिसेन्ट’ लेखेको जनाएका छन्।

महासंघ कार्यसमितिमा अध्यक्ष भवानी राणा, निवर्तमान अध्यक्ष पशुपति मुरारका, विशिष्ट सदस्य चण्डीराज ढकाल, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यहरु किशोर प्रधान, उमेशलाल श्रेष्ठ, चन्द्रप्रसाद ढकाल र कोषाध्यक्ष निरक केसी पदाधिकारी छन्।

महासंघको आगामी चुनावका लागि ढकाल वरिष्ठ उपाध्यक्षका प्रत्यासी हुन्। उनको पक्षले भने अर्का वरिष्ठ उपाध्यक्षका प्रत्याशी किशोर प्रधानले हार्ने भए पनि संस्थापन पक्षले चुनावसहितको साधारणसभा सार्ने निर्णय गरेको आरोपसमेत लगाएको छ।

तर वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भने उद्योगी व्यापारीको सुरक्षालाई ध्यानमा राखेर साधारणसभा स्थगित गरिएको जनाएका छन्।

प्रकाशित: Jul 24, 2020| 15:57 शुक्रबार, साउन ९, २०७७
प्रतिक्रिया दिनुहोस्