कञ्चनपुर– ११ वर्षीया छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा बुवा पक्राउ परेका छन्।
छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा कञ्चनपुरको बेलौरी नगरपालिकाका ४० वर्षीय पुरुष पक्राउ परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले गएराति छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा बुवालाई पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान गरिरहेको बताए।