बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पार्टी निर्णय व्यक्तिको खल्तीमा नहाल्न दाहालको चेतावनी

पार्टी निर्णय व्यक्तिको खल्तीमा नहाल्न दाहालको चेतावनी

सत्तारूढ नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टीले गरेको निर्णयको जस व्यक्तिले लिन खोजे त्यसले राम्रो परिणाम नदिने चेतावनी दिएका छन्।
 |  शुक्रबार, साउन ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ९, २०७७

काठमाडौं- सत्तारूढ नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टीले गरेको निर्णयको जस व्यक्तिले लिन खोजे त्यसले राम्रो परिणाम नदिने चेतावनी दिएका छन्।

भारतले नेपालको भूमि मिचेर नक्सा जारी गरेपछि नेकपाको सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीले निर्णय गरेर सरकारलाई नक्सा सार्वजनिक गर्न भन्दा नगरिएको तर पछि मात्र एकल रुपमा स्वामित्व लिन खोजेको गुनासो दाहालको छ।

उनले यसबारे एकल स्वामित्व लिन खोजेर अरूलाई राष्ट्रघाती बनाउन खोजेको आरोप लगाए। दाहालले नेकपाका संस्थापक पुष्पलालको स्मृतिमा शुक्रबार आयोजित श्रद्धाञ्जली सभामा सम्बोधन गर्दै भने, ‘पार्टीले गरेको निर्णय व्यक्तिको खल्तीमा हाल्न खोजिए राम्रो नतिजा ल्याउँदैन।’
उनले स्थायी कमिटी बैठक भइरहेका बेला पार्टीका अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियतामा निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ता भएको आरोप लगाए।

दाहालले भने, ‘कार्यकर्तालाई नाराजुलुसमा लगाउने काम भएको छ। यो राम्रो संकेत होइन।’ यसबाट एकअर्काको विचार, भावना र संवेदनशीलतालाई ध्यान नदिई विभाजनतर्फ जान खोजेको देखिएको दाहालले बताए।

‘पार्टी विचार र विधिबाट चल्ने हो, यसो भएन भने पार्टी बन्दैन,’ दाहालले भने, ‘एकताप्रति माया छैन भने कुनै न कुनै तरिकाले क्षति पुग्छ।’
दाहालले पार्टी विभाजन हुन नदिन आफूहरू अन्तिम प्रयासमा रहेको बताए। उनले भने, ‘हामी कुनै पनि हालतमा विभाजन हुन दिने छैनौं। एकताबद्ध बनाउनकै लागि लागिरहेका छौं। पार्टीलाई विचार र विधिमा अघि बढाउन लागिरहेका छौं।’

अध्यक्ष दाहालले अब पार्टीमा विधिपद्धति विकास भई खारिएको र एकताबद्ध हुने बताए। ‘तपाईंहरुलाई पार्टी विभाजन हुन्छ कि के हुन्छ भन्ने आशंका होला,’ उनले भने, ‘यो सामान्य स्थितिमा निर्माण भएको पार्टी होइन कसैले चाहेर विभाजन हुने।’

नीति एउटा पारित हुने नेतृत्व प्रवृत्ति अर्कै हुने अवस्थाका कारण समस्या देखिएको दाहालको भनाइ छ। उनले चुनावका बेला जनतासँग गरिएको प्रतिबद्धताअनुसार पार्टी र सरकारले काम गर्न नसकेको बताए।

प्रकाशित: Jul 24, 2020| 15:28 शुक्रबार, साउन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।