बुधबार, भदौ १०, २०८३

ओली–दाहालबीच स्थायी कमिटी बैठक सञ्चालनबारे छलफल

नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार बालुवाटारमा छलफल भएको छ।
 |  शुक्रबार, साउन ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ९, २०७७

काठमाडौं– नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार बालुवाटारमा छलफल भएको छ।

दुई अध्यक्षबीच करिब दुई घण्टा भएको कुराकानीमा स्थायी कमिटी बैठक कसरी अघि बढाउने भन्ने विषयमा छलफल केन्द्रित भएको दाहाल निकट स्रोतले नेपाल समयलाई जानकारी दियो।

असार १० गते सुरु भएर पटक पटक अवरुद्ध हुँदै आएको स्थायी कमिटी बैठक १३ गतेका लागि तोकिएको छ।

दुई अध्यक्षबीच चार दिनपछि भएको छलफलमा पार्टीमा उत्पन्न विवाद समाधानमा केन्द्रित भएको स्रोतले जानकारी दियो।

सहमतिका लागि भन्दै स्थायी कमिटी बैठक सार्दै आए पनि साउन ६ गतेपछि दुई अध्यक्षबीच भेटवार्ता भएको थिएन।

अध्यक्षद्वयबीच विद्यमान समस्या समाधानका विषयमा कुराकानी भए पनि कुनै विषयमा सहमति नभएको स्रोतको भनाइ छ।

प्रकाशित: Jul 24, 2020| 14:37 शुक्रबार, साउन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।