बुधबार, भदौ १०, २०८३

विराटनगरमा गाडी चले, तर यात्रु आएनन्

सामान्य अवस्थामा विराटनगर बसपार्कबाट दैनिक ३ सयदेखि साढे ३ सय बस देशका विभिन्न भागका लागि छुट्ने गरेको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का प्रदेश १ संयोजक किशोर धमलाले बताए ।
 |  शुक्रबार, साउन ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ९, २०७७

विराटनगर– चार महिनापछि यात्रुवाहक बस सञ्चालनमा आए पनि यात्रु नहुँदा यातायात व्यवसायीलाई समस्या भएको छ। साउन ७ गतेदेखि लकडाउन खुलेसँगै विराटनगर बसपार्कबाट छोटो दूरीका सवारीसाधन सञ्चालनमा आएका छन् ।

तर, यात्रु नआउँदा बस सञ्चालन गर्ने कि बन्द गर्ने अवस्था भएको यातायात व्यवसायीले बताएका छन्। विराटनर बसपार्कबाट तीन दिनमा ५ दर्जन बढी बस सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले बताएको छ।

विराटनगर बसपार्कबाट मोरङ र सुनसरीका विभिन्न ठाउँमा चल्ने छोटो दूरीका सवारीसाधन यात्रु लिएर गन्तव्यतर्फ गएको ट्राफिक प्रहरी कैलाश मगरले बताए ।

यात्रुबस सञ्चालनमा आए पनि यात्रुको संख्या न्यून छ । पहिलेको तुलनामा कम यात्रु भएको बस चालक भुपाल लिम्बुले बताए। उनका अनुसार बसपार्कमा १० देखि १५ मिनेटको फरकमा बल्ल एकजना यात्रु आउने गरेका छन् । उनले भने, ‘यात्रुहरु बसपार्कमा पनि आउँदैनन्, बाटामा चढ्ने पनि कम छन् ।’

सामान्य अवस्थामा विराटनगर बसपार्कबाट दैनिक ३ सयदेखि साढे ३ सय बस देशका विभिन्न भागका लागि छुट्ने गरेको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का प्रदेश १ संयोजक किशोर धमलाले बताए ।

उनका अनुसार विराटनगर बसपार्कबाट अहिले दैनिक २–३ वटा बस छुट्ने गरेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङ र सुनसरीको अनुमतिमा २ जिल्लामा मात्र बस जाने गरेको उनले बताए । पूर्णरुपमा अवस्था सामान्य नहुँदासम्म यात्रु नआउने उनले बताए ।

पहिलेको भन्दा ५० प्रतिशत बढी भाडा लिएर सरकारले सञ्चालन गर्न दिएअनुसार भाडा बृद्धि भएकाले पनि यात्रु घटेको जिफन्ट संयोजक धमलाले बताए ।

३० जना सिट क्षमता भएका गाडीमा १५ देखि १८ जनासम्म यात्रु ओसारपसार गर्ने गरिएको व्यवसायीले बताएका छन् । गाडीमा सामाजिक दूरी कायम गरेर यात्रुहरु राख्ने गरेको धरान–विराटनगरका बुकिङ सहायक लालबाबु झाले बताए ।

प्रकाशित: Jul 24, 2020| 14:31 शुक्रबार, साउन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।