बुधबार, भदौ १०, २०८३

भारतमा एकै दिनमा थपिए ४८ हजार कोरोना संक्रमित

तिब्र गतिमा फैलिएको कोरोना भाइरसबाट भारतमा एकै दिनमा बिहीबार ४८ हजार ४ सयभन्दा धेरै संक्रमित भएका छन् ।
 |  शुक्रबार, साउन ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ९, २०७७

काठमाडौं- तिब्र गतिमा फैलिएको कोरोना भाइरसबाट भारतमा एकै दिनमा बिहीबार ४८ हजार ४ सयभन्दा धेरै संक्रमित भएका छन् ।

एकै दिनमा यति धेरै संक्रमित थपिएको यो पहिलो पटक हो । यसअघि बुधबार एकै दिनमा ४५ हजार ५ सय ९९ जनामा संक्रमण पुष्टि भएको थियो ।

भारतमा लकडाउन खुलेसँगै कोरोना संक्रमणदर झनै तिब्र गतिमा फैलिएको छ । दिनहुँ थपिने संक्रमितको संख्याले नयाँ रेकर्ड बनाउने गरेको छ ।

भारतमा अहिलेसम्म १२ लाख ५७ हजार ३ सय कोरोनाबाट संक्रमित भएका छन् । तीमध्ये ४ लाख ४० हजार १ सयभन्दा धेरै संक्रिय संक्रमित छन् भने ८ लाख १७ हजार २ सयभन्दा धेरै निको भएर घर फर्किएका छन् ।

अहिलेसम्म भारतमा कोरोनबाट ३० हजार ६ सय १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ७ सय ५५ जनाको मृत्यु भएको छ ।

प्रकाशित: Jul 24, 2020| 12:21 शुक्रबार, साउन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।