काठमाडौं- गोरखामा पहिरोमा पुरिएर एकजना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय, गोरखाका अनुसार चुमनुव्री गाउँपालिका ३ का ७६ वर्षीय कान्छा गुरुङ बिहीबार साँझ पहिरोमा बेपत्ता भएका हुन्।
पहिरो जाने समयमा उनी स्थानीय पिसेन खोलानजिकै बनाएको अस्थायी गोठमा बसिरहेका थिए। पहिरोले उनको अस्थायी गोठ पनि बगाएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी टोली उद्धरका लागि खटिएको जिल्ला प्रहरी कार्यालय, गोरखाका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए।