पर्सा- कोरोना महामारी समुदायमा फैलिएको भन्दै पर्साका अस्पतालहरुले आकस्मिकबाहेकका सबै सेवा बन्द गरेका छन्।
बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै नेपाल चिकित्सक संघले पर्सामा रहेका अस्पताल आकस्मिकबाहेकका सेवा शुक्रबार बिहानदेखि बन्द गर्ने निर्णय गरेकोे हो।
कोरोना रोग नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको गाइड लाइनलाई पूर्ण पालना गरेर मात्र आकस्मिक सेवाहरू प्रवाह गर्न नेपाल चिकित्सक संघले आह्वान गरेको छ।
दिनप्रतिदिन कोरोना संक्रमणको दर बढ्दै गएको तर पिसिआर टेष्ट खुम्चदै गएकाले समुदायस्तरमा संक्रमण बढेको संघको विज्ञप्तिमा उल्लेख छ अविलम्ब मास टेस्टिङ्गका लागि माग गरिएको छ ।
पर्सामा दुई दिनमै ४९ जनामा कोरोना संक्रमण देखिएको छ।