बुधबार, भदौ १०, २०८३

घोंगी बटुल्न गएका युवकको सैनिकको कुटाइबाट मृत्यु !

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि बसेका सैनिकको कुटाइबाट एक युवकको मृत्यु भएको छ ।
 |  शुक्रबार, साउन ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ९, २०७७

चितवन- चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि बसेका सैनिकको कुटाइबाट एक युवकको मृत्यु भएको छ।

सेनाले नियन्त्रणमा लिई पिटेका पूर्वी चितवनको राप्ती नगरपालिका–२ मिलन टोलका २४ वर्षीय राजकुमार चेपाङको बुधबार मृत्यु भएको हो ।

निकुञ्जभित्रको ज्युँडी खोलामा घोंगी बटुल्दै गर्दा राजकुमारसहित ७ जनालाई साउन १ गते निकुञ्ज सुरक्षामा खटिएका सैनिकले नियन्त्रणमा लिएका थिए। सातै जना सोही दिन छुटे पनि त्यही दिनदेखि बिरामी भएका राजकुमारको बुधबार मृत्यु भएको हो ।

उनीमाथि सैनिकले निर्घात कुटपिट गरेको, जे भेट्यो त्यसैले हानेको भन्दै उनीसँगै पक्राउ परेका सन्तलाल प्रजाले बताए। कुटाइ सहन नसकेर उनी मुर्छित भएको र छुटेदेखि नै बिरामी भएको उनले बताए।

सेनाको कुटपिटबाट मृत्यु भएको भन्दै राजकुमारका बुबा विष्णुलाल चेपाङले घटनाको छानबिन गर्न र दोषीलाई सजाय दिन माग गरेका छन्।

मृतकका परिवारले बिहीबार चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसमक्ष घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् । जिल्ला प्रशासन कार्यालयले पीडितको मागअनुसार शवको पोस्टमार्टम गर्ने जनाएको छ। 

सेनाले भने उनीहरूलाई नियन्त्रणमा लिएको स्वीकारे पनि कुटपिट नगरेको दाबी गरेको छ।

प्रकाशित: Jul 24, 2020| 08:11 शुक्रबार, साउन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।