बुधबार, भदौ १०, २०८३

अझै वर्षाको सम्भावना ? यस्तो हुनेछ तीन दिनको मौसम

आज र भोलि देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ भने केहि भूभागमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
 |  शुक्रबार, साउन ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ९, २०७७

काठमाडौं- केहि दिनदेखि सक्रिय भएको मनसुन अझै दुई दिनसम्म कायमै रहने भएको छ ।

आज र भोलि देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ भने केहि भूभागमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबारबाट मनसुन कमजोर हुनुका साथै वर्षाको क्रम घट्ने छ ।

आज भने प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् । उनका अनुसार आज काठमाडौं उपत्यकामा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज र भोलि हुने वर्षा ठूलो क्षति पुर्याउने खालको नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपी केहि स्थानमा बाढी, पहिरो र डुवानको जोखिम भने कायमै रहेकाले सतर्क रहन महाशाखाले अपिल गरेको छ ।

अहिले मनसूनी न्युन चापीय रेखा पश्चिमी भू/भागमा नेपालबाट दक्षिण सरेको छ भने पूर्वी भू/भागमा नेपाल नजिक रहेको अवस्था छ। आइतबारबाट यो क्रमश हट्दै जाने र मनसुन कमजोर हुने महाशाखाकी मौसमविद् पोखरेलले बताइन् ।

यस्तो हुनेछ आगामी तीन दिनको मौसम

साउन ९ गते (शुक्रबार)

दिउँसोः देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति : देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन १० गते (शनिबार)

दिउँसोः देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति : देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन ११ गते (आइतबार)

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति : देशभर आशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित: Jul 24, 2020| 07:03 शुक्रबार, साउन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।