बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चार किलोमा ठूलो पहिरो खस्यो, नारायणगढ-मुग्लिङ सडकखण्ड अवरुद्ध

चार किलोमा ठूलो पहिरो खस्यो, नारायणगढ-मुग्लिङ सडकखण्ड अवरुद्ध

नारायणगढ–मुग्लिङ सडकखण्डको चार किलोमा ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।
 |  शुक्रबार, साउन ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ९, २०७७

काठमाडौं- नारायणगढ–मुग्लिङ सडकखण्डको चार किलोमा ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

बिहीबार राति ८ः४५ बजे सो स्थानमा ठूलो पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उक्त क्षेत्र चितवनको इच्छाकामना गाउँपालिका–६ मा पर्छ ।

अविरल वर्षाका कारण राति पहिरो पन्छाउन सम्भवन भएको थिएन् । बिहानबाट वर्षाको क्रम कम भएसँगै पहिरो पन्छाउन सुरु गरिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

यस वर्षका वर्षात्सँगै त्योे ठाउँमा पटक पटक पहिरो गएर दुःख दिइरहेको छ । दुई दिन अघिपनि उक्त क्षेत्रमा पहिरो गएको थियो ।

प्रकाशित: Jul 24, 2020| 06:14 शुक्रबार, साउन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।