बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सीतापाइलामा दही किन्न हिँडेकी युवतीमाथि एसिड प्रहार

सीतापाइलामा दही किन्न हिँडेकी युवतीमाथि एसिड प्रहार

काठमाडौंको सीतापाइलमा २२ वर्षीया युवतीमाथि बिहीबार साँझ एसिड प्रहार भएको छ।
 |  बिहीबार, साउन ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ८, २०७७

काठमाडौंको सीतापाइलामा २२ वर्षीया युवतीमाथि बिहीबार साँझ ८ बजेतिर एसिड प्रहार भएको छ।

ओखलढुंगा घर भई हाल सीतापाइलमा बस्दै आएकी युवतीमाथि दही किन्न डेराबाट निस्केको समयमा एसिड प्रहार भएको प्रहरीले जनाएको छ।

युवतीलाई उपचारको लागि कीर्तिपुर अस्पताल लगिएको छ।

युवतीको स्वास्थ्य अवस्था बुझ्न महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवाली कीर्तिपुर अस्पताल पुगेका छन्।

एसिड प्रहार गर्नेबारे केही नखुलेको र खोजी कार्य सुरु गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 23, 2020| 22:24 बिहीबार, साउन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।