बिहीबार, साउन २१, २०८३

११ को वार्षिक परीक्षामा सहभागी हुन ७० प्रतिशत हाजिरी अनिवार्य

कक्षा ११ को वार्षिक परीक्षामा सहभागी हुन विद्यार्थीको लागि ७० प्रतिशत हाजिरी अनिवार्य गरिएको छ।
 |  बिहीबार, साउन ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ८, २०७७

काठमाडौं– कक्षा ११ को वार्षिक परीक्षामा सहभागी हुन विद्यार्थीको लागि ७० प्रतिशत हाजिरी अनिवार्य गरिएको छ।

कक्षा ११ को परीक्षा सञ्चालन सम्बन्धी कार्यविधिअनुसार ७० प्रतिशत हाजिरी पुगेका विद्यार्थीले मात्र विद्यालयले लिने वार्षिक परीक्षामा सहभागी हुन पाउने भएका हुन्।

सरकारले यो वर्षदेखि कक्षा ११ को वार्षिक परीक्षा लिने जिम्मेवारी सम्बन्धित विद्यालयलाई दिएको छ। यसअघि राष्ट्रिय परीक्षा बोर्डले ११ र १२ दुवै कक्षाको परीक्षा लिन्थ्यो।

परीक्षाको समय नतोकिएको भए पनि १२ कक्षाको परीक्षा अगावै ११ को परीक्षा लिनुपर्ने छ। बोर्डले कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी अगाडि बढाएको छ।

हेर्नुस् कार्यविधि :

 

प्रकाशित: Jul 23, 2020| 18:44 बिहीबार, साउन ८, २०७७
प्रतिक्रिया दिनुहोस्