बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गृहमन्त्री भन्छन्– अव्यवस्थित बसोबासकै कारण जनधनको बढी क्षति

गृहमन्त्री भन्छन्– अव्यवस्थित बसोबासकै कारण जनधनको बढी क्षति

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले अव्यवस्थित बसोबासकै कारण विपद्का कारण हरेक वर्ष जनधनको क्षति भइरहेको बताएका छन्।
 |  बिहीबार, साउन ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ८, २०७७

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले अव्यवस्थित बसोबासकै कारण विपद्का कारण हरेक वर्ष जनधनको क्षति भइरहेको बताएका छन्।

आज गृह मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकमा उनले विपद्बाट हुने क्षति रोक्ने खालका नीति कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राखे।

‘हरेक वर्ष जनधनको क्षति भइरहेको छ। त्यसको न्यूनीकरण र निवारण गर्ने योजना बनाउनु जरुरी छ,’ उनले भने, ‘विकसित मुलुकमा पनि समस्या आउँछ तर हाम्रोजस्तो मुलुकमा अझ बढी क्षति गर्दै आइरहेको छ।’

उनले विकासको नीति डोजरमा केन्द्रित रहेको भन्दै हामीले अहिले अवलम्बन गरिरहेका नीतिकै कारण बढी क्षति व्यहोर्नु परिरहेको बताए।

‘भूकम्प प्रतिरोधात्मक घर नबन्दा त्यसले असर गर्छ। बाढीपहिरो जाने ठाउँमा बस्ति हुनु हुँदैन भन्नेतर्फ ध्यान गएको छैन,’ उनले भने, ‘अब योजना तथा कार्यक्रम गर्दा यसतर्फ पनि ध्यान दिनु जरुरी छ।’

विपद् रोक्ने खालका नीति अवलम्बन गर्नुपर्ने भन्दै उनले प्राकृतिक प्रकोप रोक्न नसकिने विषय भएकाले त्यसबाट हुने क्षतिको न्यूनीकरण कसरी गर्ने भन्ने योजनालाई व्यवहारमा लागू गरिनुपर्ने धारणा राखे।

‘अहिले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण गर्दै त गइरहेका छौं। तर, त्यतिले मात्रै पुग्दैन । त्यसका लागि अझ आवश्यक तयारी गर्नुपर्छ,’ उनले भने, ‘बजेटलाई ठिक ढंगले परिचालन गर्ने, बस्ति स्थानान्तरण गर्नेदेखि सही ढंगले कार्यान्वयन गर्नेतर्फ ध्यान जानुपर्छ।’

उनले योजना कार्यान्वयनमा थुप्रै कमीकमजोरी रहेको भन्दै ती सच्चाएर अघि बढ्नुपर्ने बताए।

गृहमन्त्री थापाले अर्को बैठकमा विपद्ले गरेको क्षतिको विवरण र विपद् भएका क्षेत्रमा पुनर्निर्माणको योजना, कार्यक्रम र बजेटको खाकासहित आउन समितिका सदस्यहरुलाई निर्देशन पनि दिए।

बैठकमा मन्त्रीहरु भानुभक्त ढकाल, हृदयेश त्रिपाठी, राज्यमन्त्री रामविर मानन्धर, विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुखहरुको सहभागिता थियो।

प्रकाशित: Jul 23, 2020| 18:35 बिहीबार, साउन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।