काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको चुनाव अनिश्चितकालका लागि स्थगित भएको छ।
१ भदौसम्म सभा सम्मेलन गर्न नपाइने सरकारी मापदण्ड भएकाले २६ र २७ साउनमा तोकिएको चुनाव स्थगित भएको हो।
महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाका अनुसार सरकारले सभा सम्मेलन गर्न अनुमति दिएको १५ दिनभित्र महासंघको चुनाव हुने भएको छ।
यसअघि २८ र २९ चैतमा तोकिएको महासंघको ५४औं साधारणसभा लकडाउनले गर्दा स्थगित भएको थियो।
आगामी कार्यकालका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष हुँदै छन्।
त्यस्तै वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधानले उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।