बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चिकित्सकलाई कोरोना संक्रमण भएपछि विराट नर्सिङ अस्पताल सिल

चिकित्सकलाई कोरोना संक्रमण भएपछि विराट नर्सिङ अस्पताल सिल

चिकित्सकलाई कोरोना संक्रमण भएपछि विराटनगरस्थित विराट नर्सिङ होम एवं विराटनगर अस्पताल सिल गरिएको छ।
 |  बिहीबार, साउन ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ८, २०७७

विराटनगर– चिकित्सकलाई कोरोना संक्रमण भएपछि विराटनगरस्थित विराट नर्सिङ होम एवं विराटनगर अस्पताल सिल गरिएको छ।

विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले अर्को सूचना नभएसम्मका लागि अस्पताल सिल गरिएको बताए।

अस्पतालबाट गत मंगलबार संकलन गरिएको स्वाबको नतिजा पोजेटिभ आएकाले उपचाररत बिरामी, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षागार्ड लगायतलाई कोभिड–१९ को दायरामा ल्याउनुपर्ने कार्कीले बताए।

सिल गरिएको अवधिभर अस्पतालको ओपीडी तथा आकस्मिक सबै सेवा ठप्प रहनेछ। अस्पतालले नयाँ बिरामी भर्ना लिन पाउने छैन।

अस्पतालमा भर्ना गरिएका बिरामीको भने उपचार जारी रहने महाशाखा प्रमुख कार्कीको भनाइ छ।

उपचाररत बिरामी, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षागार्ड र उनीहरुको सम्पर्कमा रहेकाहरुको पनि कोरोना परीक्षणका लागि स्वाब संकलनको प्रक्रिया अघि बढाउन आवश्यक विवरण टिपोट गरिसकिएको जानकारी उनले बताए। मंगलबार राति अस्पतालकै आन्तरिक व्यवस्थापनसँग जोडिएका ६५ वर्षीय चिकित्सकलाई कोरोना पुष्टि भएको थियो।

अस्पतालले स्वाब संकलन गर्ने क्रममा उनले हरिबहादुर कार्की र उमेर ५० वर्ष र ठेगाना विराटनगर भनी गलत विवरण टिपाएका थिए। उनले आफ्नो मोबाइल नम्बरसमेत गलत टिपाएको पाइएको छ।

उनले टिपाएको सम्पर्क नम्बर धनकुटामा कार्यरत एक प्रहरीको रहेको पुष्टि भयो। नाम, उमेर, ठेगाना, सम्पर्क नम्बर सबै गलत टिपाएर चिकित्सकले आफ्नो स्वाब परीक्षणका लागि पठाएको खुलेको हो।

सबै कुरा अस्पष्ट हुँदा र पूरै ठेगाना प्राप्त नहुँदा कोरोना पोजेटिभ देखिएपछि सम्पर्कविहीन भएका उनलाई खोज्ने क्रममा तनाव बेहोर्नुपरेको महानगरको भनाइ छ।

प्रकाशित: Jul 23, 2020| 17:55 बिहीबार, साउन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।