बुधबार, भदौ १०, २०८३

डुबेर चारजनाको मृत्यु

झापा र काभ्रेमा भएका भिन्नाभिन्नै घटनामा डुबेर तीन बालकसहित चारजनाको मृत्यु भएको छ।
 |  बिहीबार, साउन ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ८, २०७७

काठमाडौं– झापा र काभ्रेमा भएका भिन्नाभिन्नै घटनामा डुबेर तीन बालकसहित चारजनाको मृत्यु भएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार झापाको भद्रपुर नगरपालिका–२ स्थित नयाँ सिमसार क्षेत्रमा डुबेर ३ जना बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा १० वर्षीय अंकुश तामाङ, १५ वर्षीय करण थामी र १२ वर्षीय अर्जुन थामी छन्।

घरबाट खेल्न निस्किएका उनीहरू नफर्केपछि खोजी गर्दा अंकुश तामाङ नयाँ सिमसार क्षेत्रमा डुबिरहेको अवस्थामा फेला परेका थिए।

बेपत्ता अन्य २ बालकको सिमसार क्षेत्रको पानीमा शव भेटिएको प्रहरीले जनाएको छ।

त्यस्तै काभ्रेको पनौती नगरपालिका–७ स्थित त्रिवेणीघाटमा डुबेर पनौती नगरपालिका–१२ भूमिडाँडा का ७० वर्षीय सोमप्रसाद हुमागाईंको मृत्यु भएको छ।

उनलाई त्रिवेणीघाटमा डुबेको अवस्थामा प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि सिर मेमोरियल अस्पताल बनेपा पु¥याएको थियो। हुमागाईंको उपचारका क्रममा मृत्यु भएको हो।

 

प्रकाशित: Jul 23, 2020| 17:11 बिहीबार, साउन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।