बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देशभर ३५ सडक अवरुद्ध, पृथ्वी राजमार्ग भोलिबाट खुल्ने

देशभर ३५ सडक अवरुद्ध, पृथ्वी राजमार्ग भोलिबाट खुल्ने

काठमाडौं– पृथ्वी राजमार्ग अन्तर्गत धादिङ र चितवनको सीमामा पर्ने मौवा खोलामा पुल बगाएपछि अवरुद्ध भएको राजमार्ग खुल्न सकेको छैन। बाढीले पुल बगाएपछि काठमाडौं प्रवेश गर्ने सडक बन्द छ।
 |  बिहीबार, साउन ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ८, २०७७

काठमाडौं– पृथ्वी राजमार्ग अन्तर्गत धादिङ र चितवनको सीमामा पर्ने मौवा खोलामा पुल बगाएपछि अवरुद्ध भएको राजमार्ग खुल्न सकेको छैन। बाढीले पुल बगाएपछि काठमाडौं प्रवेश गर्ने सडक बन्द छ।

सडक विभागले अवरुद्ध सडक खुलाउन निरन्तर काम गरिरहे पनि सञ्चालन हुन सकेको छैन। सडक विभागका प्रवक्ता एवं उपमहानिर्देशक शिवहरि सापकोटाले अवरुद्ध सडक खुलाउन काम भइरहेको बताए।

‘हामीले जतिसक्दो चाँडो काम सकेर यातायात खुलाउन पहल गरिरहेका छौं,’ उनले भने, ‘आज रातिसम्म नभए भोलिसम्ममा सडक खोल्न काम भइरहेको छ।’

उनले वर्षा रोकिने क्रम नरोकिएका कारण पृथ्वी राजमार्गसहितका अन्य राजमार्ग खोल्न नसकिएको बताए। सोमबार दिउँसो आएको बाढीले त्यहाँको पुल बगाएर सडक अवरुद्ध भएको हो। निरन्तरको वर्षापछिको बाढीपहिरोका कारण धेरै ठाउँमा पहिरो गएको छ।

अन्य क्षेत्रमा गएको पहिरो भने हटाइसकिएको सडक विभागले जनाएको छ। बाढीपहिरोका कारण देशभरका साना–ठूला गरेर अहिलेसम्म ३५ वटा स्थानमा सडक अवरुद्ध रहेको सडक विभागको तथ्यांक छ।

अरनिको राजमार्गका विभिन्न ७ स्थानमा सडक खण्ड अवरुद्ध भएको छ। त्यहाँको सिरिसे, खग्दोल, जम्बु र झ्यालेमा सडक अवरुद्ध बनेको छ। ती सडक खुलाउन १०–१५ दिन लाग्ने विभागले जनाएको छ।

उता, साँफेबगर–मार्तडी सडक खण्ड ४ ठाउँमा अवरुद्ध छ। त्यहाँको अवरोध हटाउन अझै १५ दिन लाग्ने देखिएको छ। बूढीगंगा नदीले केही स्थानमा सडक कटान गरेका कारण सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध हुँदा बाजुरातर्फको आवतजावत बन्द भएको छ।

बेनी–जोमसोम–कोरला सडक पनि ७ ठाउँमा अवरुद्ध बनेको छ। म्याग्दीको काभ्रेभिर र घोप्टेभिरमा सडकमाथिबाट पहिरो आएर बेलिब्रिज नदीले बगाएपछि सडक अवरुद्ध बनेको हो।

बेसीशहर–चामे सडक खण्ड पनि ९ ठाउँमा अवरुद्ध छ। ती सडक कहीँ बाढी र त कहीँ पहिराका कारण अवरुद्ध बनेका छन्।

बिपी राजमार्ग र सिद्धिचरण राजमार्गका विभिन्न ठाउँमा भएका अवरोध भने हटाएर सडक खुला गरिएको छ।

डुम्रे–बन्दीपुर सडक मंगलबारदेखि अवरुद्ध बनेको छ। त्यहाँ पनि सडक खोल्न काम भइरहेको सडक विभागले जनाएको छ।

महाकाली राजमार्गको सतबाँझ–दार्चुला सडक मंगलबारदेखि अवरुद्ध छ। उक्त सडक खुला गर्न ५ दिन लाग्ने सडक डिभिजन कार्यालय बैतडीले जनाएको छ।

गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुवेसी–रसुवागढी सडक पनि अवरुद्ध बनेको छ। उक्त सडक खोल्न पनि १० दिनभन्दा बढी लाग्ने देखिएको छ।

सडक विभागका अनुसार आज (बिहीबार)सम्म देशैभर अवरुद्ध रहेका सडकमध्ये ३१ वटा सडक आन्तरिक र एकतर्फी रुपमा सञ्चालनमा ल्याइसकिएको छ भने ४९ वटा सडक पूर्ण रुपमा सञ्चालनमा आएका छन्।

‘हाम्रो जनशक्तिले निरन्तर रुपमा सडक खुलाउनका लागि काम गरिरहेको छ,’ विभागका प्रवक्ता सापकोटाले भने, ‘वर्षा नरोकिएका कारण कतिपय ठाउँमा कठिनाइ भइरहेको छ। केही स्थानमा पुनः पहिरो जाँदा अवरुद्ध हुने गरेको छ।’

प्रकाशित: Jul 23, 2020| 17:07 बिहीबार, साउन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।