बुधबार, भदौ १०, २०८३

राजस्व बक्यौता असुली २१.५३ प्रतिशत घट्यो

राजस्व बक्यौता असुली २१.५३ प्रतिशतले घटेको छ।
 |  बिहीबार, साउन ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ८, २०७७

काठमाडौं– राजस्व बक्यौता असुली २१.५३ प्रतिशतले घटेको छ। महालेखा परीक्षककोे सन्तान्नौं वार्षिक प्रतिवेदनअनुसार आव २०७५/७६ मा अघिल्लो वर्षको तुलनामा राजस्व घटेको हो।

अघिल्लो आवमा राजस्व बक्यौता २ खर्ब ५२ अर्ब १३ करोड रुपैयाँ उठेकोमा आर्थिक वर्ष २०७५/७६ मा २१.५३ प्रतिशत घटेर १ खर्ब ९७ अर्ब ८४ करोड रुपैयाँ उठेको छ।

सार्वजनिक संस्थान, समिति, बोर्ड र स्थानीय तहमा गरेको ऋण लगानीको भाखा नाघेको साँवा ४६ अर्ब ६४ करोड ४४ लाख र ब्याज ४३ अर्ब ४ करोड ५४ लाख समेत ८९ अर्ब ६८ करोड ९८ लाख रुपैयाँ राजस्व बक्यौता छ।

प्रतिवेदनअनुसार भाखा नाघेको साँवा चुक्ता नगर्ने ७७ मध्ये सबैभन्दा बढी भाखा नाघेको साँवा ६ वटा संस्था छन्। 

प्रतिवेदनअनुसार सबैभन्दा बढी भाखा नाघेको सावाँ हुने संस्थामा नेपाल विद्युत् प्राधिकरण (२७ अर्ब २७ करोड ८९ लाख रुपैयाँ) छ। यस्तै नेपाल खानेपानी संस्थानको २ अर्ब ५२ करोड ३३ लाख र उदयपुर सिमेन्ट कारखानाको २ अर्ब २१ करोड रुपैयाँ छ।

काठमाडौं उपत्यका खानेपानी बोर्डको १ अर्ब ७७ करोड ८ लाख, जनकपुर चुरोट कारखानाको १ अर्ब ४५ करोड ४५ लाख र साना किसान विकास बैंकको १ अर्ब ३३ करोड ७० लाख छ।

सञ्चालनमा रहेका तथा मुनाफा आर्जन गरिरहेका कतिपय संस्थाले समेत भाखा नाघेको साँवा चुक्ता नगरेको प्रतिवेदनमा उल्लेख छ।

सरकारले सञ्चालनमा नरहेका तथा खारेज भएका २७ वटा सार्वजनिक संस्थान र समितिले भाखा नाघेको सावाँ र ब्याज गरी ११ अर्ब ७५ करोड ३७ लाख रुपैयाँ उठाउन बाँकी छ।

त्यसमध्ये सावाँ ६ अर्ब १२ करोड ५१ लाख रुपैयाँ र ब्याज ५ अर्ब ६२ करोड ८६ लाख बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार ती अब उठ्ने अवस्थामा छैनन्।

प्रकाशित: Jul 23, 2020| 17:02 बिहीबार, साउन ८, २०७७
प्रतिक्रिया दिनुहोस्