काठमाडौं– सानिमा बैंकले टिच फर नेपाललाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थालाई सहयोग गरिएको बैंकले जनाएको छ।
टिच फर नेपालले सरकारी विद्यालयका विद्यार्थीलाई सिकाइ सहजीकरण गर्दै आएको छ।
संस्थाका तर्फबाट सात जिल्लाका ६४ सामुदायिक विद्यालयमा १ सय ३८ जना शिक्षक कायरत छन्। ती सबै शिक्षकको तलब टिच फर नेपालले व्यहोर्दै आएको छ ।
बैंकले टिच फर नेपाल जस्तो संस्थालाई सहयोग गर्नु साना नानीहरुको भविष्यको लागि सहयोग गरेको बराबर भएको जनाएको छ।
बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको बैंकद्धारा जारी विज्ञप्तिमा जनाइएको छ।