बुधबार, भदौ १०, २०८३

७० प्रतिशतभन्दा बढी कोरोना संक्रमित डिस्चार्ज

बिहीबारसम्म नेपालमा १२ हजार ८४० जना कोरोना भाइरसबाट मुक्त भएका छन्।
 |  बिहीबार, साउन ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ८, २०७७

काठमाडौं– बिहीबारसम्म नेपालमा १२ हजार ८४० जना कोरोना भाइरसबाट मुक्त भएका छन्। यो कुल संक्रमितको ७०.३९ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ बाट ७६० जना, प्रदेश २ बाट २ हजार ८४० जना, बागमतीबाट ४५८ जना कोरोनामुक्त भएका छन्। कोरोनामुक्त हुने अन्यमा गण्डकीबाट एक हजार ९५ जना, प्रदेश ५ बाट तीन हजार ८६८ जना, कर्णालीबाट एक हजार ५८३ जना तथा सुदूरपश्चिम प्रदेशबाट दुई हजार २३३ जना छन्।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार बिहीबार देशका विभिन्न अस्पतालका आइसोलेसनमा सक्रिय संक्रमितको संख्या पाँच हजार ३५८ रहेको छ।

प्रदेश १ मा १२४ जना, प्रदेश २ मा एक हजार ८९७ जना र बागमती प्रदेशमा ४२७ संक्रमित छन्।

गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या ३२४ जना, प्रदेश ५ मा ३४४ जना, कर्णालीमा ३०४ जना र सुदूरपश्चिम प्रदेशमा एक हजार ९३८ जना सक्रिय संक्रमित छन्।

प्रकाशित: Jul 23, 2020| 16:30 बिहीबार, साउन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।