बुधबार, भदौ १०, २०८३

काठमाडौं उपत्यकामा ९ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज (बिहीबार) कोरोना भाइरसका ९ जना संक्रमित थपिएका छन्।
 |  बिहीबार, साउन ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ८, २०७७

काठमाडौं उपत्यकामा आज (बिहीबार) कोरोना भाइरसका ९ जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणका क्रममा काठमाडौंका ५ जना, भक्तपुरका २ जना र ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या ३९७ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभर थप १४७ जनामा कोरोना पुष्टि भएको छ।

विभिन्न प्रयोगशालामा ३ हजार ४८१ जनाको पीसीआर नमुना जाँच गरिएकोमा १४७ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसहित हालसम्म नेपालमा संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ३५८ छ। क्वारेनिन्टनमा रहेका व्यक्तिको संख्या २० हजार ९८ छ।

आज १५६ जना डिस्चार्ज भएका छन् भने आजसम्म डिस्चार्ज भएका व्यक्तिको संख्या १२ हजार ८४० पुगेको छ।

 

प्रकाशित: Jul 23, 2020| 16:26 बिहीबार, साउन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।