बुधबार, भदौ १०, २०८३

चौताराले मालपोत कर छुट दिने

नगरपालिकाले गरेको कर छुटका लागि यसअघिको कर तिरेको हुनुपर्ने नगर प्रमुख अमानसिं तामाडले बताए।
 |  बिहीबार, साउन ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ८, २०७७

चौतारा साँगाचोकगढी नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को मालपोत कर छुट गर्ने निर्णय गरेको छ । जनता कोरोना भाइरसको मारमा रहेको भन्दै नगरपालिकाले कर छुट गर्ने निर्णय गरेको हो ।

नगरपालिकाले गरेको कर छुटका लागि यसअघिको कर तिरेको हुनुपर्ने नगर प्रमुख अमानसिं तामाडले बताए।

व्यवसाय, सम्पत्ति र घर अभिलेखीकरणसम्बन्धी कर असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा बुझाएमा विलम्ब शुल्क नलाग्ने भएको छ ।

घर अभिलेखीकरणसम्बन्धी कर सो समयमा नबुझाए पुससम्म दोब्बर लाग्नेसमेत निर्णय गरिएको छ । पुसपछि घर अभिलेखीकरणबन्द हुनेसमेत जनाइएको छ ।

प्रकाशित: Jul 23, 2020| 15:16 बिहीबार, साउन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।