बुधबार, भदौ १०, २०८३

कर्णाली प्रदेशमा थप ३० जनामा कोरोना पुष्टि

कर्णाली प्रदेशका विभिन्न जिल्लामा थप ३० जनामा कोरोना पुष्टि भएको छ।
 |  बिहीबार, साउन ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ८, २०७७

सुर्खेत- कर्णाली प्रदेशका विभिन्न जिल्लामा थप ३० जनामा कोरोना पुष्टि भएको छ।

सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखका २४ जना तथा सुर्खेतका ५ र सल्यानका एक जनामा कोरोना पुष्टि भएको हो।

दैलेख अस्पतालमा गरिएको परीक्षणमा दैलेखका विभिन्न स्थानीय तहका २४ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेत र सल्यानका ६ जनामा कोरोना पुष्टि भएको हो।

यो सहित कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १ हजार ८१३ पुगेको छ।

प्रदेशमा अहिलेसम्म १ हजार ५५२ जना डिस्चार्ज भइसकेका छन्। आज (बिहीबार) मात्रै प्रदेशबाट ६ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको हो।

सो प्रदेशमा कोरोनाबाट अहिलेसम्म ६ जनाको मृत्यु भएको छ।

प्रकाशित: Jul 23, 2020| 15:10 बिहीबार, साउन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।