धनगढी- कञ्चनपुरमा थप २६ जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार थपिएका संक्रमितमध्ये शुक्लाफाटाका १३, बेल्डाँडीका आठ र बेलौरीका पाँच जना छन्। तीमध्ये २१ पुरुष र पाँच महिला रहेको अस्पतालले जनाएको छ।
यससँगै कञ्चनपुरमा कोरोना संक्रमितको संख्या ५१२ पुगेको छ।